काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सुनको मूल्य वृद्धि भएको छ । यो दिन सुनको मूल्यमा ३ हजार रुपैयाँको बढोत्तरी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा करोबार भईरहेको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ८१ हजार ८ सयमा भएको थियो ।
आज चाँदीको भाउ पनि २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।