काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले दुई नयाँ सञ्चालक नियुक्त गरेको छ।बैठकले संस्थापक सेयरधनी एसजी अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्तलाई तथा स्वतन्त्र सञ्चालकको रूपमा अजयकुमार मिश्रलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल देशभर १३ वटा शाखा कार्यालयमार्फत आफ्नो कारोबार विस्तार गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।