सोमबार, श्रावण १८,२०८३ 02:28:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:35
Bizshala
Global IME Bank Limited

सिन्धु विकास बैंकको सेयरमा ‘बुलिस प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?

सिन्धु विकास बैंकको सेयरमा ‘बुलिस प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
New Office

काठमाण्डौ । नेपालका १५ विकास बैंकहरुमध्ये सिन्धु विकास बैंक पनि एक हो । यो विकास बैंक विसं २०६७ सालमा सिन्धुपालञ्चोक उद्योग वाणिज्य संघको अगुवाइमा स्थापित बैंक हो । यस बैंकका १ लाख ४० हजार भन्दा बढी ग्राहक र २६ वटा ब्राञ्चहरु रहेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । त्यसैगरि, रिटेन अर्निङ २४ करोड ३९ लाखबराबर नकारात्मक रहेको छ ।  

कम्पनीको खुद मुनाफा ७ करोड ८४ लाख ५१ हजार वितरणयोग्य मुनाफ २४ करोड ३८ लाखबराबर नकारात्मक नै रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.७६ रुपैयाँ, बुक भ्यालु करिब ८० रुपैँया मात्रै रहेको यो कम्पनीको खराब कर्जा ८.६४ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको आधारमा यो कम्पनीको सेयरमा आज बुलिस प्याटर्न मर्निङ स्टार प्याटर्न बनेको छ । मर्निङ स्टार प्यार्टन भनेको अघिल्लो क्याण्डल रातो क्याण्डल बीचमा डोजी प्रकृतिको क्याण्डल बन्छ र त्यसपछि बुलिस मारुबुजु क्याण्डल बन्छ भने त्यसलाई ‘मर्निङ स्टार’ भनिन्छ । यसले कम्पनीको सेयर भाउ सम्भावित रुपमा बढ्ने संकेत गर्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल तल्लो ब्याण्डमा चलेको देखिन्छ । आज तल्लो ब्याण्डमा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । यसैगरि, म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम फिक्का र छोटा–छोटा ह्ुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ३५ को तहमा पुगेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ हाल बुलिस यात्रामा चल्दै गरेको देखिन्छ ।  

 

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १४६८

प्रतिरोध २ – १३५७

प्रतिरोध १–  १०५०

पिभट् प्वइन्टः १०४०

घटेमा सपोर्ट  

सपोर्ट १– ८३३

सपोर्ट २– ७२३

सपोर्ट  ३ –५१६

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी हाल ठीकै देखिन्छ । कम्पनीको चूक्तापूँजी ५५ करोड ७४ लाख रहँदा वितरणयोग्य मुनाफा नकारात्मक रहेको छ । खराब कर्जा ८.६४ प्रतिशत रहेको छ । कम्पनीले २०२० देखि कुनै पनि लाभांश वितरण गर्न सकेको छैन । यस कारण यो कम्पनी दीर्घकालको लागि खासै उपयुक्त देखिदैन । तर अल्पकालका लागि भने ‘मर्निङ स्टार प्याटर्न’ बनेको कारण इन्ट्रीका लागि उपयुक्त हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.