सोमबार, श्रावण १८,२०८३ 02:25:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:25:43
Bizshala
Global IME Bank Limited

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था

सिटिजन लाइफको व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था
New Office

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुट(विलम्ब शुल्क)को व्यवस्था गरेको छ । कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।  

कम्पनीले जेठ १२ गतेदेखि १७ गतेभित्र नविकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितलाई ब्याज छुट प्रदान गरिने जनाएको छ । कम्पनीले दुई वर्षसम्म  व्यतित भएको  बीमालेखमा शतप्रतिशत, २ वर्षदेखि ३ वर्षसम्मका लागि ७५ प्रतिशत र ३ वर्षदेखि माथिका लागि ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।  

यो सुविधा बीमा अवधिभर एकपटक मात्रै पाइने कम्पनीले उल्लेख गरेको छ । यो योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.