काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्ने भएका छन् । पौडेलले दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहेको छ ।
यसका लागि प्रतिनिधि सभाका सबै सदस्यहरुलाई २ः४५ बजेअघि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभाको बैठक कक्षमा उपस्थित हुन आग्रह गरिएको छ ।
उक्त अवसरमा सभामुखले १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बजेट पेस हुनुअघि अर्थमन्त्री पौडेलले १ः४५ बजे आव २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।