सोमबार, श्रावण १८,२०८३ 02:06:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:21
Bizshala
Global IME Bank Limited

बजेट अटोमोबाइलमैत्री, वर्षौदेखिको माग र आवाजलाई समेटेको छ : नाडा

बजेट अटोमोबाइलमैत्री, वर्षौदेखिको माग र आवाजलाई समेटेको छ : नाडा
New Office

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले आगामी आवको बजेट अटोमोबाइलमैत्री भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२÷०८३ को बजेट अटोमोवाइलमैत्री आएको जनाएको हो ।  

नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा  नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको जनाएको छ । जसलाई मनन गरी सरकारले अटोमोबाइल उद्योगको हित हुनेगरी बजेट ल्याएको नाडाले जनाएको छ ।  

‘बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ,’ विज्ञप्तीमा उल्लेख छ ।  

नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति आभार सहित धन्यवाद ज्ञापन गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.