IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 10:26:27
IME remit
Global IME Bank Limited

‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

Hyundai Nepal
‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेठ १६ गते आयोजित कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए। ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन् । बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर संचालन भइराख्नु पर्दछ,’ उनले भने ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सो लाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए । ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु,’ उनले भने, ‘यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ ।’

सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पूँजी बजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

यसैगरी सिडिएसएन्ड क्लियरिंगका उपप्रवन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्यौट, नेप्सेका सहायक आइटी प्रवन्धक निशा तिमिल्सिनाले नट्स सञ्चालन, नेप्सेका सहायक आइटी प्रवन्धक निरन्जन सिंह नायकले टिएमएस सञ्चालन, नेप्सेका सहायक प्रबन्धक  गिरिराज दाहालले दोश्रो बजारसम्बन्धी कानुनी व्यवस्था र नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले समग्र दोश्रो बजार कारोबार सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा नेप्सेका प्रबन्धक लिलाधर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अधिकृत सन्तोष आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.