काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार ६५९ कित्ता सेयर आम सर्वसाधारणका लागि र ४ हजार ५१३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।
सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ५ सय रुपैयाँ र संस्थापकका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ ।
संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ भने सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरका लागि असार २ गतेसम्म आवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।