काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य २.२१ प्रतिशत अर्थात ७२.८० डलरले बढेको छ ।
यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ३६२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत चार साताकै उच्च हो ।
डलर कमजोर बन्दा र बढ्दो विश्व भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको हो । डलर इन्डेक्स ०.५ प्रतिशतले कमजोर बनेको छ । जसका कारण डलरबाहेकका मुद्राधारकहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ । अन्य मुद्राधारकहरुले खरिद बढाएसँगै मागमा आएको वृद्धिका कारण मूल्य बढेको हो ।