काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार २ सयमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला १ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
आज चाँदीको पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।