सोमबार, श्रावण १८,२०८३ 02:07:25
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:25
Bizshala
Global IME Bank Limited

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर
New Office

काठमाण्डौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से) पुनः अध्यक्षबिहिन भएको छ । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । अर्थ मन्त्रालयमा सचिव र सहसचिव ६÷६ महिना फेरिदा त्यसको असर नेपाल स्टक एक्सचेञ्जमा पनि पर्ने गरेको छ ।  

यस अघिका अध्यक्ष शोभाकर पौडेल गण्डिकी प्रदेशमा मुख्य सचिव भएर सरुवा भएसँगै नेप्से अध्यक्ष बिहिन भएको हो । नेप्सेमा अध्यक्ष नभए पछि नियमित काम बाहेक खासै कुनै काम हुन नसक्ने नेप्सेस्थित कर्मचारीहरु बताउछन् । नेप्सेमा अध्यक्ष नहुँदा एसएमई प्लेटफर्म , नेप्सेको पुनर्संरचना तथा अन्य बाँकी सबै काम ठप्प प्रायः नै हुन्छन् । जेठ १५ गतेसम्म अर्थ मन्त्रालय बजेटको काममा ब्यस्त रहेता पनि त्यसपछि पनि नेप्से अध्यक्ष नियुक्त गर्ने बिषयमा खासै चासो राखेको देखिदैन ।  

नेप्सेमा अध्यक्ष पठाउने जिम्मा अर्थ मन्त्रालयस्थित वित्तिय व्यबस्थापन महाशाखाको हो । तर वित्तिय व्यबस्थापन शाखाका प्रमुख सेवन्त पोखरेल कार्यकक्षमा समेत भेटिदैनन भने सम्पर्कमा आउन पनि चाहदैनन् । अर्थमन्त्रीका प्रेस सल्लाहाकार भुवन केसीले यसै विषयमा बोल्दै नेप्सेको अध्यक्ष गभर्नर जस्तो मुख्य विषय नभएको कारण प्राथमिकतामा नपरेको हुन सक्ने जवाफ दिए ।

यसबाट ६६ लाख लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले हेर्ने दृष्टिकोण थाहा पाउन सकिन्छ । यस अघि पनि नेप्सेको सीईओ लामो समयपछि नियुक्त गरिएको थियो । बजारमा लगानीकर्ताहरुले नयाँ–नयाँ प्रबिधि र प्रडक्ट अपेक्षा गरेका हुन्छन् । तर नेपाल सरकार र तालुकदार मन्त्रालय भने यस्ता विषयमा संधै बेखबरमा झै रहेका हुन्छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.