काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएका छन् । ह्वाइट हाउसका अनुसार ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् ।
यससँगै अब अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकले अमेरिका यात्रा गर्न पाउने छैनन् ।
अमेरिकालाई खतरनाक विदेशी तत्वबाट बचाउनका लागि यो कदम चालिएको ट्रम्पले बताएका छन् । यो घोषणा आगामी जुन ९ बाट लागू हुनेछ ।
ट्रम्पले केही देशबाट यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएपछि यस्तो घोषणा गरेको यो दोस्रो पटक हो ।
आफ्नो पहिलो कार्यकालमा, ट्रम्पले सन् २०१७ मा यस्तै आदेशमा हस्ताक्षर गरेका थिए।