काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन तथा चाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।
आज अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भईरहेको संघले जनाएको छ । सुनको किनबेच आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ७५ रुपैयाँले महङ्गिदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको कारोबार प्रतितोला २ हजार ७५ रुपैयाँमा भएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।