बुधबार, श्रावण १४,२०८२ 09:36:22
  • बुधबार, श्रावण १४,२०८२ 09:36:22
Global IME Bank Limited

सर्वसाधारणका लागि हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सर्वसाधारणका लागि हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ३१ हजार २३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर बैंकले यसअघि गत वैशाख ७ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको जनाएको छ ।  

Muktinath Bikas Bank Limited

संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालमा सम्पर्क गर्न सकिनेछ ।  

संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।   

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.