काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।