सोमबार, श्रावण १८,२०८३ 02:06:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:06:14
Bizshala
Global IME Bank Limited

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
New Office

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आगामी फागुन २९ गते अनलाइन बोलकबोलमार्फत ‘विकास ऋणपत्र झ’ नामक विकास ऋणपत्र (८ वर्षे) बिक्री गर्न लागेको हो ।

यो ऋणपत्रको निष्कासन मिति फागुन ३० गते र साँवा भुक्तानी २०८८ फागुन ३० गते रहेको छ ।  

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । इच्छुक खरिदकर्ताले प्रतिष्पर्धी वा अप्रतिष्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।  

प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलकबोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात ६८० करोड र १२० करोड छुटुटाइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।  

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको ऋगत(इाा ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.