काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथगर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २९ गते बिहिबारका दिन सुदूरपश्चिम प्रदेशको धनगढीमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत बृक्षारोपण कार्यक्रम वडा नम्बर ३ कार्यालय परिसर, धनगढीमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सन्चालन,समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                