काठमाण्डौ । सुनको मूल्य पुनः ३४ सय डलरमाथि उक्लिएको छ । आजको कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.५० पव्रतिशत अर्थात ५०.५७ डलरले वृद्धि भएको छ ।
यो मूल्यवृद्धिसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ४३० डलरमा भईरहेको छ । इजरायलले इरानमाथि आक्रमण गरेसँगै बढेको विश्व भू–राजनीतिक तनावका कारण सुनको मूल्यमा उछाल आएको हो ।
आज चाँदीको भाउ भने प्रतिऔंस ३६.२३ डलरमा कारोबार भईरहेको छ ।