सोमबार, श्रावण १८,२०८३ 02:24:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:24:27
Bizshala
Global IME Bank Limited

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु राष्ट्र बैंकको ऐतिहासिक कदम : सिबिफिन
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरुको पहिचान र ठोस समाधानसहितका सुझाव पेश गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ । नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ ।

सरोकारवालाहरुसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरुको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन÷सुपरिवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरुको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरुको निदान गर्ने गरी गभर्नरज्यूबाट व्यक्त भएका दुरगामी अभिव्यक्ति तथा सोअनुसार चालिएका सुधारमुखी पहलहरुले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने सिबिफिनले विश्वास लिएको छ ।  

आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेका, केन्द्रीय बैंकभन्दा बाहिरका र निजीक्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरु समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरुसँंगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने,  नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिनले पूर्ण विश्वस्त रहेको जनाएको छ ।  

उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरुमा सामेल भइ खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरुको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था – नेपाल राष्ट्र बैंकले लिएका र लिने दुरगामी योजना तथा नीतिहरुको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिनले सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.