काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य स्थिर रहेको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।