सोमबार, श्रावण १८,२०८३ 02:29:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:35
Bizshala
Global IME Bank Limited

सुनको मूल्य छोइनसक्नु, आज पनि प्रतितोला १ हजारले बढ्यो

सुनको मूल्य छोइनसक्नु, आज पनि प्रतितोला १ हजारले बढ्यो
New Office

काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।  

यसससँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य महिलेसम्मकै उच्च  हो । अघिल्लो दिनसम्म छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम थियो ।  

गत फागुन १७ गतेदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । फागुन १७ गते प्रतितोला २ सयले वृद्धि भएको सुनको मूल्य फागुन १८ गते ६ सय,फागुन २० गते २ हजार,फागुन २२ गते २ हजार,फागुन २३ गते ५ सय र फागुन २४ गते १ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो । यसरी एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले वृद्धि भईसकेको छ ।  

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भईहरको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भईरहेको वृद्धिको प्रभाव नेपाली बजारमा समेत परिरहरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना,बढ्दो मुद्रास्फिती, विश्वका केन्द्रीय बैंकले सुनको भण्डारमा गरेको वृद्धि र बदलिदो भू–राजनीतिक घटना जस्ता कारणले अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य व्यापक वृद्धि भईरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.