काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.४५ प्रतिशत अर्थात १५.१० डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ३ हजार ३७३ डलरमा भईरहेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदर स्थिर राख्ने निर्णय गरेसँगै र भविष्यमा ब्याजदर कटौतीमा सुस्तता आउने संकेत गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य ०.१२ डलरले घट्दै प्रतिऔंस ३६.७६ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।