काठमाण्डौ । स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा गिरावट आएको छ । बिहिबारको कारोबारमा सु्नको मूल्य ४ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा ९ सय रुपैयाँको बढोत्तरी आएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २ सय रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।