सोमबार, श्रावण १८,२०८३ 02:04:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:31
Bizshala
Global IME Bank Limited

नेप्सेद्वारा आइएफसी र ईयुसँगको सहकार्यमा आईएफआरएस सम्बन्धी तालिम सम्पन्न

नेप्सेद्वारा आइएफसी र ईयुसँगको सहकार्यमा आईएफआरएस सम्बन्धी तालिम सम्पन्न
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)र युरोपेली संघ (ईयु)सँगको सहकार्यमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड(आइएफआरएस) विषयमा दुई दिने तालिम सफलतापूर्वक सञ्चालन गरेको छ । ईयुको द्रुत गतिमा जलवायु–स्मार्ट र दक्षिण एशियामा समावेशी पूर्वाधारअन्तर्गत आयोजित कार्यक्रम नेपालको निजी क्षेत्रलाई विश्वव्यापी रूपमा अवलम्बन गर्न संलग्न गराउने निरन्तरको प्रक्रिया हो ।  

नेपाल र अन्तर्राष्ट्रिय बजारको बारेमा अनुभव भएका आईएफसी विशेषज्ञहरूको नेतृत्वमा सञ्चालित तालिमले वास्तविक क्षेत्रका ४० जना र बैंक तथा वित्तीय संस्थाका ५० भन्दा बढी सहभागीहरूलाई एकै स्थानमा ल्याएको थियो । कार्यक्रमले नेपालको निजी क्षेत्र भित्र बढ्दो मुमेन्टमलाई इन्टरनेशनल सस्टेनाबिलिटी स्ट्याण्डर्ड बोर्ड(आईएसएसबी)सँग तालमेल गर्न जोड दिएको थियो ।  

‘संक्रमणबाट उत्पन्न हुने अवसरहरूलाई थप दिगो र लचिलो बनाउन कम्पनीहरूले प्रभावकारी रूपमा भौतिक जोखिमहरू व्यवस्थापन गरिरहेका छन् भनेर परम्परागत वित्तीयसँगै दिगोपन सम्बन्धी वित्तीय जानकारी प्रदान गर्दै रिपोर्टिङले पूँजी प्रदायकहरूलाई आश्वासन दिन सफल भएको छ, ’ नेप्सेका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले भने ।

हालैका वर्षहरूमा, आईएसएसबीको आईएफआरएस सस्टेनेबिलिटी डिस्क्लोजर स्ट्याण्डडर्ड लगानीकर्ता उन्मुख स्थिरता प्रकटीकरण को लागी वैश्विक आधार बन्दै गईरहेको छ । यी मापदण्डहरूले व्यापारी, लगानीकर्ता, र बहुपक्षीय संगठनहरूबाट व्यापक समर्थन प्राप्त गरेका छन् । यसका साथै विश्वभरका सरकार र धितोपत्र बजार नियामकहरूले यसलाई बढ्दो रूपमा अपनाइरहेका छन् । हालसम्म बंगलादेश र श्रीलंका सहित २० भन्दा बढीले यो मापदण्ड अपनाएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.