काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले यही असार २८ गते बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यम जुममार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा समाज लघुवित्तसँग मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै संस्थाको जारी तथा चुक्तापूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको र समाज लघुवित्तको २ करोड २८ लाख २५ हजार रहेकाले मर्जपश्चात सेयर संरचना परिवर्तन हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने र १ः१ सेयर स्वाफ अनुपातमा मर्जरलाई स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साथै, मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावली, पूँजी, सञ्चालक समितिको संरचना लगायतका दफा तथा नियममा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।