काठमाण्डौ । पछिल्लो केही समययता घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । स्थानिय बजारमा आज सुनको मूल्यमा ५ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार २ सयमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार १६० सय रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।