काठमाण्डौ । हिमालयन पावर पाटर्नर २०६१ सालमा एनआरएनद्धारा स्थापित कम्पनी हो । यो कम्पनीमा सन् २०१३ मा एनआरएन इन्फास्टक्चर इन्भेष्टमेन्ट कम्पनी सामेल गरेर पब्लिक लिमिटेड कम्पनी भएको थियो । कम्पनीले लमजुङ जिल्लामा २७ मेगावाटको दोर्दी खोलो निमार्ण गरेको छ ।
आधारभूत पक्ष
यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १५ करोड ६७ लाख रहेको छ । यस्तै कम्पनीको कुल पूँजी १ अर्ब २२ करोड रुपैंयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ५ करोड ७८ लाख रुपैंयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ७.२४ रुपैंयाँ , बुक भ्यालु ११५ रुपैयाँ र रिर्टन अन इक्विटी ६.३१ प्रतिशत रहेको छ ।
प्राविधिक पक्ष
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एकसय वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।
माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।
यस आधारमा यो कम्पनीको सेयर भाउलाई इलिअट वेभबाट विश्लेषण गर्नु पर्दा एकदेखि चार चक्र पुरा गरेको र अब पाँचौ वेभमा ८ सयसम्म पुग्न सक्नेछ ।
फियर एण्ड ग्रिड इन्डेक्स
फियर एण्ड ग्रिडको आधारमा यो कम्पनी हाल ६५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मुल्य प्रतिकित्ता ६६७ र न्यून मुल्य २७७ रुपैयाँ रहेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५५२ रुपैयाँ कायम छ । कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ भने यो कम्पनीको सेयर ब्रोकर नम्बर ३५, ६०,५८ बाट उच्च होल्डिङ रहेको छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डबाट खसेर मध्य ब्याण्डतर्फ सपोर्ट लिँदै गरेको देखिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई हाल ५६ को न्यूट्रल तहमा चलेको छ । सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीमा अल्पकालका लागि केही करेक्सन हुन सक्ने देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ७८४
प्रतिरोध २ – ७२२
प्रतिरोध १– ६०६
पिभट् प्वइन्टः ५४३
घटेमा सपोर्ट
सपोर्ट १– ४२७
सपोर्ट २– ३६४
सपोर्ट ३ –२४८

निष्कर्षः हालसम्मको वित्तिय अवस्था हेर्दा आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ७.२४ रुपैयाँ र बुक भ्यालु ११५ रुपैयाँ रहेको देखिन्छ । प्राविधिक रुपमा भने यो कम्पनीको सेयरमा बिस्तारै लगानीकर्ताहरुको आकर्षण बढ्दै गरेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्ट तथा अन्य इन्डिकेटरमा पनि बुलिस बन्दै गरको दखिन्छ ।
बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआईबाट नियाल्दा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ । इलिअट वेभबाट नियाल्दा यो कम्पनीको सेयर मुल्य पाँचौ वेभमा ८ सय नजिक पुग्न सक्ने देखिन्छ ।
नोेटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।