काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य १.१६ प्रतिशत अर्थात ३८.८२ डलर।ले घटेको छ ।
यो समाचार तयार पार्दासमम सुनको कारोबार प्रतिऔंस ३ हजार २९४ डलरमा भईरहेको छ । इजरयाल–इरानबीच भएको युद्धविराम र लगानीकर्ताको नजर फेडले निर्धारण गर्ने ब्याजदर तथा अमेरिकी आर्थिक आँकडमा रहेकाले सुनको मूल्यमा गिरावट आएको हो ।
यस्तै आज डलर ०.२ प्रतिशतले बलियो बन्दा डलरबाहेकका अन्य मुद्राधारकहरुका लागि सुनको खरिद महङ्गो पर्न गएको छ ।
आजको गिरावटसँगै सुनको मूल्य लागातार दुई साता घटेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ०.२२ डलरले घट्दै प्रतिऔंस ३६.४८ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।