काठमाण्डौ । सुनको मूल्य १ लाख ९० हजार तल झरेको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै सुनको कारोबार प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँमा भ्रईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो । उक्त दिन सुन ३ सयले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी १० रुपैयाँले घट्दै प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।