सोमबार, असार २३,२०८२ 10:39:39
  • सोमबार, असार २३,२०८२ 10:39:39
Global IME Bank Limited

१० वर्षको औषत लाभांशदर ५५% रहेको एचडीएलको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?

Hyundai Nepal
१० वर्षको औषत लाभांशदर ५५% रहेको एचडीएलको सेयरमूल्य बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा?
Nabil Bank Limited

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  

कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।  

आधारभूत पक्षः

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ८८ करोड ७६ लाख रुपैयाँ रहेको छ । साथै,कम्पनीको कुल पूँजी ३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ७३ करोड ९२ लाख रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २५१ प्रतिशतले बढी हो । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.०७ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १२९ रुपैयाँ र रिर्टन अन इक्विटी करिब २५ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १८४ प्रतिशतले बढी हो ।  

प्राबिधिक पक्षः  

टेन्डलाइनको आधारमा

पछिल्लोपटक यो कम्पनीको सेयर मुल्यले एक हजार आसपासमा सपोर्ट बनाएर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । यस आधारमा हाल १२ सय आसपासमा चलेको यो कम्पनीको सेयर मुल्य बढेमा १३०० , १४०० र १५०० आसपासमा प्रतिरोध लिन सक्छ भने घटेमा ११६५, ११३१ र १०६१ मा बलियो सपोर्ट लिन सक्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिडको आधारमा यो कम्पनी हाल ६५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १६६० र न्यून मूल्य ११४२ रुपैयाँ रहेको छ । यस कम्पनीको ब्रोकर नम्बर ५८, ४९ र ४२ बाट उच्च होल्डिङ रहेको छ ।

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल अपर ब्याण्डमा चलेको छ । आज अपर ब्याण्डमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । म्याक्डीमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।  

यसैगरि आरएसआई ओभर बट जोन ७० भन्दा बढीले खसेको छ । यसले यस कम्पनीमा अल्पकालिन करेक्नस आउन सक्ने बुझिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १२९९

प्रतिरोध २ – १२६९

प्रतिरोध १–  १२३३

पिभट प्वइन्टः १२०३

घटेमा सपोर्ट 

सपोर्ट १– ११६७

सपोर्ट २– ११३७

सपोर्ट  ३ –११०१

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक नै देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा वित्तिय विवरणमा सुधार आएको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी , बुक भ्यालु र खुद मुनाफामा सुधार आएको छ । यो सँगै कम्पनीको रिर्टन अन इक्विटीमा पनि सुधार आएको छ । प्राविधिक रुपमा यो कम्पनी हाल फियर एण्ड ग्रिडमा इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर करिब ५५ प्रतिशत रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.