काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ९ देखि लागू हुने भनिएको ट्यारिफ अब अगस्ट १ गतेदेखि लागू हुने घोषणा गरेका छन् ।
यसबाहेक ट्रम्पले बंगलादेशसहित १४ देशमा नयाँ कर लगाउने निर्णय गरेका छन् । ट्रम्पले यी देशका नेताहरुलाई पठाएको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै नयाँ ट्यारिफको दरबारे जानकारी गराएका हुन् ।
यससँगै ट्रम्पले लेखेका छन्, ‘तपाईंसँगको हाम्रो सम्बन्धका आधारमा यो परिमार्जन हुन सक्छ ।’ राष्ट्रपति ट्रम्पले म्यानमारलाई ४० प्रतिशत, थाइल्याण्डलाई ३६ प्रतिशत, बंगलादेशलाई ३५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत र दक्षिण अफ्रिकालाई ३० प्रतिशत गरी १४ देशमा कर लगाउने आफ्नो निर्णय दोहोर्याएका छन् ।
यसअघि ट्रम्पले जुलाई ९ गतेदेखि कर लागू गर्ने घोषणा गरेका थिए ।
कुन कुन देशमा कति ट्यारिफ ?
म्यानमार र लाओसः ४० प्रतिशत
थाइल्याण्डः ३६ प्रतिशत
बंगलादेश र सर्बियाः ३५ प्रतिशत
इन्डोनेसिया ः ३२प्रतिशत
बोस्निया–हर्जेगोभिना, दक्षिण अफ्रिकाः ३० प्रतिशत
ट्युनिसिया, मलेसिया, काजाकिस्तान, दक्षिण कोरिया, जापानः २५ प्रतिशत