सोमबार, श्रावण १८,२०८३ 02:01:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:01:12
Bizshala
Global IME Bank Limited

यसै साताबाट अडलट सेयरको कारोबार हुने, यस्तो छ प्रक्रिया

यसै साताबाट अडलट सेयरको कारोबार हुने, यस्तो छ प्रक्रिया
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले यसै साताबाट अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको पनि नियमित रुपमा कारोबार गर्ने तयारी गरेको छ । नेप्सेस्थित उच्च स्रोतले दिएको जानकारीअनुसार यसको तयारीको लागि नेप्सेको प्राविधिक टोलीको तयारी अन्तिम अवस्थामा रहेको छ ।  

यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर अब नियमित रुपमा नै कारोबार गर्न सकिने भएको छ । हाल यस्तो सेयर किनबेच गर्न या त लगानीकर्ताहरुले आफै ग्राहक खोज्नुपर्ने हुन्छ वा त्यही कम्पनीको थप १० कित्ता सेयर किनेर मात्रै सेयर कारोबार हुन्छ ।  

यहि कठिन अवस्थालाई मध्यनजर गर्दै नेप्सेले छिट्टै अड लट सेयर पनि कारोबार गर्न मिल्ने व्यबस्था गर्न लागेको हो ।  

यसो गर्दा दोस्रो बजारमा मुल्यलाई कुनै प्रभाब नपर्ने गरि खातामा भएको सेयर मात्रै अडलटमा सेयर कारोबार हुने नेप्से स्रोतले जानकारी दियो ।  

यस्तो छ प्रक्रिया

सबै भन्दा पहिले लगानीकर्ताले आफूसँग कुन कम्पनीको सेयर अडलट छ भन्ने एकिन गुर्नुपर्ने हुन्छ । त्यसपछि नेप्सेको वेवसाइडमा गएर मार्केट डेप्थमा क्लिक गरि सकेपछि अडलटको अप्सन आउछ । त्यपश्चात अडलटमा क्लिक गरेपछि लगानीकर्ताले कुन–कुन कम्पनीको सेयर के–कति किनबेच गर्न बसेको छ भन्ने एकिन हुनेछ ।  

यस आधारमा अब टीएमएसमा गएर सोहि मुल्यको आधारमा सेयर खरिद तथा बिक्री गर्न सकिनेछ । तर यसले नियमित कारोबारलाई भने कुनै असर गर्ने छैन । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.