काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ब्रिक्स समूहमा परेका सबै देशले १० प्रतिशत अतिरिक्त भन्सार तिर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘हाम्रो डलरलाई नोक्सान गर्न ब्रिक्सको स्थापना भएको हो। यदि उनीहरू यो खेल खेल्न चाहन्छन् भने, त्यो ठीक छ, तर म पनि यो खेल खेल्न सक्छु ।’
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ७ मा आफ्नो ट्रुथ सोशल अकाउन्टमा ब्रिक्सको अमेरिका विरोधी नीतिसँग सम्बद्ध कुनै पनि देशलाई थप १० प्रतिशत कर लगाउने बताएका थिए । उनले यस नीतिमा कुनै छुट नदिइने बताएका थिए ।