काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने तामामा पनि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ह्वाइट हाउसमा क्याबिनेट मिटिङको क्रममा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यद्यपी उनले यो ट्यारिफ कहिलेबाट लागू हुन्छ भन्नेबारे भने केही पनि खुलाएनन् । यसका साथै उनले औषधिमा समेत २०० प्रतिशतसम्मको ट्यारिफ लगाइने बताए । उनले औष्ािधजन्य कम्पनीहरुलाई यो ट्यारिफ लागू हुनु अमेरिकामा आफ्ना उत्पादन सुरु गर्न साढे एक वर्षको अवधि दिइने बताए ।
ट्रम्पले ट्यारिफ लगाउने घोषणा गरेसँगै तामाको मूल्य नयाँ उचाईमा पुगेको छ । तामाको मूल्य एकैदिन १३.१२ प्रतिशतले बढेको छ । जुन सन् १९८९ पछिकै सबैभन्दा ठूलो वृद्धि हो ।