सोमबार, श्रावण १८,२०८३ 02:04:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:04:47
Bizshala
Global IME Bank Limited

अभिकर्ताको चर्को आलोचनापछि बीमा प्राधिकरणले हटायो यी दुई व्यवस्था

अभिकर्ताको चर्को आलोचनापछि बीमा प्राधिकरणले हटायो यी दुई व्यवस्था
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको पक्षममा सर्कुलर जारी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरुले बीमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाइएको जनाएको छ ।  

जसमा जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी तोक्ने व्यवस्था हटाएको छ ।  

साथै २८ गते पश्चात् गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने व्यवस्थालाई समेत हटाइएको प्राधिकरणले जनाएको छ ।  

यसअघि प्राधिकरणले गत साउन ३१ गते सबै जीवन बीमकहरुलाई बीमालेख जारी बारे पत्र लेख्दै सो व्यवस्था गरेको थियो । प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको चौतर्फी आलोचनापश्चात् यो व्यवस्था हटाएको हो ।  

यसअघि बीमा कम्पनीहरुले अभिकर्तालाई बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा समयसीमा तोक्ने गर्दथ्यो । यसले बीमा अभिकर्ताहरुमा छोटो समयमा तोकिएको बीमा गराई टार्गेट पुरा गर्नुपर्ने वा विजनेश ल्याउनुपर्ने एक खालको प्रेसर थियो ।  

यस्तो अवस्थाले बीमा अभिकर्ताहरुमा इन्सेन्टिभ पाउनका लागि बीमितहरुलाई आफ्नो क्षमताभन्दा बढी बीमा गराइदिने वा आर्थिक अवस्था नबुझि बीमा गराईदिने प्रवृृत्तिले बीमा क्षेत्रमा सरेण्डरदर बढ्दै गएको देखिन्छ । प्राधिकरणले बीमा अभिकर्ताहरुको चौतर्फी आलोचनापछि यो व्यवस्था हटाइएको हो । साथै यसले बीमा क्षेत्रमा बढ्दै गएको पोलिसी सरेण्डरदर घट्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.