काठमाण्डौ । जुन महिनामा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ लगाएपछि भन्सार संकलनमा ठूलो उछाल आएको छ । अमेरिकाको इतिहासमा पहिलो पटक एक आर्थिक वर्षमा भन्सार संकलन १०० अर्ब डलर नाघेको ट्रेजरी विभागले जनाएको छ ।
यसबाट महिनाको लागि २७ अर्ब डलरको बजेट बचतमा पुगेको छ। यो ऋणमा डुबेको अमेरिकाको लागि राम्रो कुरा हो। बजेटको तथ्यांकले भन्सार संघीय सरकारको राजस्वको महत्वपूर्ण स्रोत बनिरहेको देखाउँछ।
रोयटर्सको रिपोर्ट अनुसार जुन महिनामा राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । रिफन्डपश्चात ग्रस आधारमा यो चार गुणा पुगेर २७.२ अर्ब डलर र नेट आधारमा २६.६ अर्ब डलर पुगेको छ । यसको अर्थ अमेरिका सरकारले ट्यारिफबाट धेरै पैसा संकलन गरिरहेको छ । ट्रम्पले हालै मा अगस्ट १ मा अमेरिकाका व्यापारिक साझेदारहरूमा पारस्परिक कर लगाएपछि ठूलो पैसा आउन थाल्ने बताएका थिए ।
आर्थिक वर्ष २०२५ को पहिलो नौ महिनामा भन्सार महसुलबाट ग्रस आधारमा ११३.३ अर्ब अमेरिकी डलर र नेट आधारमा १०८ अर्ब डलर राजस्व संकलन भएको छ । यो गत वर्षको तुलनामा झण्डै दोब्बर हो । अमेरिकी सरकारको आर्थिक वर्ष सेप्टेम्बर ३० मा सकिँदैछ। ट्यारिफ अहिले अमेरिकी संघीय सरकारको राजस्वको चौथो ठूलो स्रोत बनेको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                