काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । बुधबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको भाउमा समेत गिरावट आएको छ । चाँदी आज ५५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।