काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा प्रस्तावित १ हजार रुपैयाँ दरका नयाँ नोटको चित्र र आकार स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ ह जार रुपैयाँ दरका नयाँ नोटका लागि राष्ट्र बैंकमबाट प्रस्तावित चित्र र आकार स्वीकृत गरेको हो ।
राष्ट्र बैंकले १ हजार दरका नयाँ नोटको डिजाइन र आकार तयार गरी अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो । जसलाई मन्त्रिपरिषदले स्वीकृत गरेको हो । नयाँ छापिने नोटमा राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर हुनेछ ।