सोमबार, श्रावण १८,२०८३ 02:02:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:16
Bizshala
Global IME Bank Limited

एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च

एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गत आर्थिक वर्ष २०८१/८२ को रिपार्ट कार्ड सार्वजनिक गरेको छ । नेप्सेले गत आवमा पूँजीबजारमा भएको प्रगतिलाई समेट्दै रिपार्ट कार्ड सार्वजनिक गरेको हो ।  

जसअनुसार आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेप्सेले उल्लेख गरेको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

तथ्यांक अनुसार २०८१/८२ मा रु. २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । जुन एक आर्थिक वर्षमा भएको हालसम्मकै उच्च कारोबार हो । आर्थिक वर्ष २०८०/८१ मा भने ७ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोको थियो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कारोबार भएको थियो । उक्त आर्थिक वर्षमा १४ खर्ब ५४ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

गत आवमा भएको कारोबार रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पूँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् ।  

प्रथम निष्कासन(आईपीओ)मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.