काठमाण्डौ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार मन्त्रिपरिषद् फेरबदल गर्दै देशको नयाँ प्रधानमन्त्री घोषणा गरेका छन् । अमेरिकासँगको खनिज सम्झौताको मुख्य वार्ताकार तथा अर्थमन्त्री युलिया स्विरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् ।
उनले २०२० देखि युक्रेनको प्रधानमन्त्रीको पद सम्हाल्दै आएका डेनिस श्म्याहलको स्थान लिनेछन्। रुसबाट बढ्दो आक्रमणका बीच जेलेन्स्कीले मन्त्रिपरिषदमा ठूलो फेरबदल गरेका हुन्। यसलाई अमेरिकासँगको सम्बन्ध सुधार्ने उनको प्रयासका रूपमा हेरिएको छ । ट्रम्प प्रशासनसँग युक्रेनसँगको खनिज सम्झौताको वार्तापछि स्विरिदेन्को चर्चामा आएकी थिइन् ।
जेलेन्स्कीले बिहीबार संसदलाई सम्बोधन गर्दै अमेरिकासँग नयाँ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको र यसले युक्रेनको स्थितिलाई बलियो बनाउने बताए। यस अवधिमा जेलेन्स्कीले डेनिस स्मिहललाई प्रधानमन्त्रीबाट रक्षामन्त्री बनाउने जस्ता धेरै निर्णयहरू समेत घोषणा गरे।
युलिया स्विरिडेन्कोले रक्षा सहयोग, आर्थिक सुधार र पुनर्निर्माणमा केन्द्रित पश्चिमी सहयोगीहरूसँग उच्चस्तरीय वार्तामा धेरै पटक युक्रेनको प्रतिनिधित्व गरिसकेकी छिन्। उनलाई राष्ट्रपति जेलेन्स्कीको वफादार नेता मानिन्छ।
अर्को महत्त्वपूर्ण परिवर्तन अमेरिकाका लागि नयाँ राजदूतको मनोनयन हो। जेलेन्स्कीले ओल्गा स्टेफानिशिनालाई वासिङ्टनका लागि युक्रेनको अर्को राजदूत नियुक्त गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                