काठमाण्डौ । आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज स्थानिय बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको जानकारी अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ५ सयमा भएको थियो । उक्त दिन सुनको मूल्य २ सयले बढेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।