काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुन ४ सय रुपैयाँले महङ्गिएको छ ।
यससँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ३ सयमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।