सोमबार, श्रावण १८,२०८३ 04:56:02
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:56:02
Bizshala
Global IME Bank Limited

पुनर्बीमा कम्पनीहरुको सेयरभाउ ५२ साताकै उच्च नजिक, लगातार भाउ बढ्नु के होला फण्डा ?

पुनर्बीमा कम्पनीहरुको सेयरभाउ ५२ साताकै उच्च नजिक, लगातार भाउ बढ्नु के होला फण्डा ?
New Office

काठमाण्डौ  । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा दुई पुनर्बीमा कम्पनीको सेयर निकै चर्चामा छ । सेयरबजार बुलिस ट्रेन्डमा चल्न थालेपछि हिमालयन रि र नेपाल रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार हुने शीर्ष कम्पनीहरुको सूचीमा पर्न थालेको छ ।  

धितोपत्र बजार पूँजीकरणमा यी दुई पुनर्बीमा कम्पनीको ठूलो हिस्सा रहेको छ । नेपाल रि इन्स्योरेन्सको बजार पूँजीकरणमा ४.२८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको २.३६ प्रतिशत हिस्सा रहेको छ ।  

नेप्सेको फ्लोरसिटअनुसार आजसम्मको धितोपत्र बजार पूँजीकरण ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जसमा नेपाल रि इन्स्योरेन्सको मात्रै २ खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १ खर्ब १७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।  

साथै, यी दुई कम्पनीको सेयरभाउ गत असार ३२ गतेदेखि लगातार ६ कारोबार दिन नै बढेको छ । हिमालयन रि र नेपाल रि को सेयरभाउ ५२ हप्ताकै हाई मूल्य नजिक पुगेको छ । नेपाल रि इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १५८६ रुपैयाँ रहेको छ । जसमा यो कम्पनीको ५२ हप्ताकै हाई प्राइस भने १५९१ रुपैयाँ छ । अब कम्पनीको सेयरभाउ ०.३२ प्रतिशतले मात्रै बढेपनि ५२ हप्ताकै हाई प्राइस ब्रेक गर्नेछ ।  

त्यस्तै, यता हिमालयन रि को सेयरभाउ पनि ७.४३ प्रतिशतले बढ्ने हो भने ५२ हप्ताकै हाई मूल्य ब्रेक गर्नेछ । कम्पनीको अन्तिम कारोबार मूल्य १०७६ रुपैयाँ रहेको छ । ५२ हप्ताकै हाई प्राइस भने ११५६ रुपैयाँ रहेको छ ।  

बजारमा यी दुई कम्पनीको सेयरभाउ विभिन्न फण्डाले बढ्दै गएको बुझिएको छ । विशेषगरी नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्तापूँजी २० अर्ब पुर्याउने निर्णयले यी दुई रिइन्स्योरेन्सलाई पूँजी बृद्धि गर्न दबाब छ । प्राधिकरणले आगामी माघ महिनासम्म नेपाल रि र हिमालयन रि लाई २० अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । जसबमोजिम अब यी दुई कम्पनीले कसरी पूँजी जुटाउलान् भन्ने लगानीकर्तारुमा कौतुहलताको विषय पनि बनेको छ ।  

स्रोतका अनुसार हिमालयन रि ले हकप्रदमार्फत पूँजी बढाउने र अपुग पूँजी बराबरको बोनस सेयर जारी गर्ने फण्डा रहेको छ । यता नेपाल रि सरकारी स्वामित्वको कम्पनी भएकाले सरकारमार्फत नै केही पूँजी जुटाउने र केही प्रतिशत बोनस जारी गर्ने बजारमा हल्ला छ ।  

साथै नेपाल रि इन्स्योरेन्सले पूँजी अपुग भएमा हकप्रद पनि जारी गर्ने भन्ने लगानीकर्ताहरुमा चर्चा रहेको छ । दुई पुनर्बीमा कम्पनीको हकप्रद आउने हल्लाले अहिले दोस्रो बजारमा यी कम्पनीहरुको सेयरभाउ लगातार बढीरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.