काठमाण्डौ । सुनको मूल्य लगातार दुईदिन घटेको छ । अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो ।
आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९५ हजार २ सय कायम थियो ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।