काठमाण्डौ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले घट्दो जन्मदरको समस्या समाधान गर्ने नयाँ तरिका अपाउने भएको छ । चीन सरकारले घट्दो जन्मदरको समस्यालाई सम्बोधन गर्न एकभन्दा बढी सन्तान जन्माउने अभिभावकहरुलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
जसअन्तर्गत ३ वर्ष भन्दा कम उमेरका अभिभावकहरुलाई प्रति बालक ५ सय डलर वार्षिक आर्थिक सहायता प्रदान गरिनेछ । यस्तो सहायता ३ वटा बालबालिका भएको अभिभावकले वार्षिक १५ सय डलर पाउन सक्नेछन् ।
चीन सरकाररले सोमबार यस्तो नीति घोषणा गरेको हो । चीनको सरकारी सञ्चार माध्यमका अनुसार यो नीतिबाट करिब २ करोड परिवारहरुलाई आफ्ेना बालबालिकाको पालन पोषण गर्न सहयोग मिल्नेछ ।
चीनले जन्मदर बढाउनकै लागि एक दशक अघिनै एकल सन्तानको नीति अन्त्य गरिसकेको छ । जसपश्चात पनि चीनमा जन्मदरमा गिरावट आईरहेको छ ।