काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । अमेरिकी ट्रेजरीको घट्दो प्रतिफल र डलर केही कमजोर बनेसँगै सुनको मूल्य आज बढेको हो ।
आज सुनको मूल्य १४ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३२८ डलरमा कारोबार भईरहेको छ ।
एक महिनाभन्दा बढीको उच्च विन्दुमा पुगेको डलर इन्डेक्समा केही गिरावट आएको छ । जसका कारण अन्य मुद्रा भएकालाई सुनको खरिद सस्तो पर्न गएको छ र उनीहरुले खरिद बढाएर माग बढेसँगै मूल्य पनि बढेको हो ।
यस्तै अमेरिकी १० वर्षे ट्रेजरीको प्रतिफल एक महिनाकै न्यून पुगेको छ । ब्याजदर घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारम्बारको प्रयासका बाबजुत पनि अमेरिकी केन्द्रीय बैंक,फेडले ब्याजदर स्थिर राख्ने सम्भावना उच्च रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।