काठमाण्डौ । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।
स्थानिय बजारमा आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदी आज १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २३ सयमा कारोबार भएको चाँदी आज २ हजार ३१० रुपैयाँमा कारोबार भईरहेको छ ।