काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३३ सय डलरबाट तल झरेको छ । आजको कारोबारममा सुनको मूल्य करिब १ प्रतिशतले घटेसँगै सुनको मूल्य ३३ सय डलर मुनि पुगेको हो ।
आजको कारोबारमा सुनको मूल्य ०.९३ प्रतिशत अर्थात ३१.०८ डलरले घटेको छ । यो गिरावटसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २९६ डलर कायम भएको छ ।
अमेरिकी केन्द्रीय बैंक, फेडले ब्याजदर स्थिर राख्ने निर्णय गर्नुका साथै अब कहिले ब्याजदर कटौती हुन्छ भन्ने संकेत नदिएसँगै सुनको मूल्य गिरावट आएको छ ।
यससँगै फेडले लगातार पाचौंपटक ब्याजदर स्थिर राखेको छ ।
यस्तै डलरको भाउ समेत बढेका कारण सुनको मूल्यमा दबाब परेको छ ।
आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी ०.९६ डलरले घट्दै प्रतिऔंस ३७.१९ डलर कायम भएको छ ।