सोमबार, श्रावण १८,२०८३ 02:28:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:29
Bizshala
Global IME Bank Limited

बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट, आम्दानी बढेसँगै सेयरमूल्यमा उछाल

बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट, आम्दानी बढेसँगै सेयरमूल्यमा उछाल
New Office

काठमाण्डौ । विश्व बजारमा ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको अर्को एउटा कम्पनी थपिएको छ । यससँगै ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको कम्पनीको संख्या दुई पुगेको छ ।  

अमेरिकी टेक कम्पनी माइक्रोसफ्टको बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको हो । कम्पनीले अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेसँगै सेयरमूल्यमा उछाल आउदा कम्पनीले यो दुलर्भ किर्तिमान हासिल गरेको हो । बुधबार कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढ्यो । जसका कारण कम्पनीको धितोपत्र बजार पूँजीकरण ४.१ ट्रिलियन डलर पुगेको छ ।

यसअघि ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको कम्पनीको रुपमा एनभिडिया मात्रै थियो । एनभिडियाले पनि यो रेकर्ड केही समयअघि मात्रै राखेको हो ।  

माइक्रोसफ्टको आम्दानी १८ प्रतिशतले बढेको प्रतिवेदन सार्वजनिक भएको छ । जुन विगत ३ वर्षकै उच्च वृद्धि हो । एज्योर क्लाउड कम्प्युटिङ बिजनेशका कारण कम्पनीको आम्दानी वृद्धि भएको छ । कम्पनीले एज्योरको आम्दानी पहिलोपटक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सन् २०२५ को वित्त वर्षमा एज्योर र अन्य क्लाउड सर्भिसबाटको आम्दानी ७५ बिलियन डलर नाघेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी हो ।  

बुधबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१३ डलर कायम भएको छ । वार्षिक रुपमा कम्पनीको सेयरमूल्य २२ प्रतिशतले बढेको छ ।

पछिल्लो समय एआई व्यवसायबाट माइक्रोसफ्ट र एनभिडियाले लोभलाग्दो आर्जन गरिरहेका छन् ।        

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.