काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
यससँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भईहरको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।